किशोर उपन्यास ‘उज्यालोको रङ’ बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कविता, आख्यान र बालसाहित्यमा परिचय बनाएका जानुका खतिवडाको किशोर उपन्यास ‘उज्यालोको रङ’ प्रकाशन भएको छ ।

किशोरहरुका लागि पुस्तक प्रकाशन गरिनुपर्ने आवाज उठिरहेका बेलामा ‘उज्यालोको रङ’ बजारमा आएको छ ।

उपन्यासकार खतिवडाका अनुसार ‘उज्यालोको रङ’ एक किशोरीको सङ्घर्षको कथा हो । जीवनमा आइपरेका कैयन् दुःखबाट कत्ति पनि विचलित नभइकन साहस र विवेक प्रयोग गर्ने किशोरीको कथा । उपन्यास सामाजिक र लैङ्गिक विभेद, अन्याय र कुसंस्कारविरुद्ध लड्ने चौध वर्षकी मायाजस्ता किशोरीको उदाहरणीय सङ्घर्षमा केन्द्रित छ।

किशोर उपन्यास भइकन पनि बालबालिका एवम् प्रौढ पाठकले पनि उपन्यास रुचाउने छन् ।

कलम प्रकाशनले प्रकाशित गरेको ‘उज्यालोको रङ’को मूल्य २५० रुपैयाँ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।