चाणक्यका २० उत्कृष्ट वाणीहरुः भोकै भए पनि बाघले कहिल्यै घाँस खाँदैन…!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चाणक्य वा कौटिल्य वा (कौटल्य) करिबइसा पूर्व ३७०–२८३ तिर जन्मिएका पूर्विय दर्शनका माहान अर्थशास्त्री दार्शनिक चतुर व्यक्ति मानिन्छन् । 

तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए। उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए। 

उनी राजनीति र कूटनीतिका ज्ञाता थिए। उनले अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाज नीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए। 

अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ। मुद्राराक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो। विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूमा त चाणक्यको नाम आएकै छ सँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ। 

बुद्धघोषद्वारा बनाइएको विनयपिटकको टीका तथा महानाम स्थविर रचित महावंशको टीकामा चाणक्यको वृत्तान्त दिइएको छ। 

उनी आज पनि यस कारण चर्चित छन् कि  उनकै नीति अनुसार आजपनि अर्थ राजनिित चलेको देखिन्छ । चाणक्य तक्षशिला (वर्तमान समयमा पाकिस्तानको रावलपिण्डी नजिक) का निवासी थिए। उनको जीवनका घटनाहरूको विशेष सम्बन्ध मौर्य चन्द्रगुप्तको राज्यप्राप्तिसँग रहेको छ। उनी त्यस समयका एक प्रसिद्ध विद्वान थिए। वनको जीवन निकै सरल थियो भन्ने गरिन्छ वहाँ राजसी ठाटबाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे।

यी हुन् विश्वचर्चित मानिएका चाणक्यका २० वाणीहरु ।

१] ज्ञानभन्दा ठूलो अर्काे गुरु छैन ।

२] गुरु, मित्र, मुर्ख र स्वजनहरुसित बुद्धिमान व्यक्तिले कहिल्यै विवाद गर्दैन ।

३] सत्पुरुष त्यो हो जो, अरुको कल्याणको लागि काम गर्छ ।

४] चन्द्रमाले जसरी उज्यालो दिन्छ त्यसरी नै एक सज्जन व्यक्ति प्राणीमाथि दया गर्नुपर्दछ ।

५] भोकै भए पनि बाघले कहिल्यै घाँस खाँदैन ।

६] अत्याधिक लोभ पतनको प्रमुख कारण हो ।

७] आफ्नो इच्छा अनुसारको नियम बनाउने शासक महान् अत्याचारी हो ।

८] धन नहुँदैमा कसैलाई निर्धन मान्न सकिँदैन ।

९] अपमान सहेर बाँच्नुभन्दा पैतालाको धुलो राम्रो हुन्छ ।

१०] सुन्दरता, तरुण अवस्था र मधुरता यी तीन रुप नारी जातीको सबैभन्दा ठूलो बल हो ।

११] उच्च आसन, महलमा बसेर होइन मानिस असल गुणले उत्तम हुन्छ ।

१२] आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोस मान्नुपर्छ ।

१३] कमजोर व्यक्तिसँगको दुश्मनी ज्यादै महंगो हुन्छ । त्यसले कल्पनै नगरेको बेला हमला गर्न सक्छ ।

१४] तपाई खुसी हुनु नै दुश्मनका लागि ठूलो हतियार हो ।

१५] अरुको गल्तीबाट सिक किनभने आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो हुन्छ ।

१६] कुनै पनि व्यक्ति आवश्यकभन्दा धेरै सोझो हुनु हुँदैन । किनभने सोझो रुख नै पहिला काटिन्छ ।

१७]  कोहि पनि व्यक्ति कामबाट महान हुन्छ । जन्मबाट होइन ।

१८] तपाईको कुरा सुन्नेबेला यताउता हेर्ने मानिसको कहिल्यै विश्वास गर्नु हुँदैन ।

१९] भुतको बारेमा पछुताउनु र भविष्यको बारेमा चिन्ता लिनु हुँदैन । किनभने विवेकवान मानिस सँधै वर्तमानमा वर्तमानमा जित हासिल गर्छ ।

२०] सफलता प्राप्त गर्न साथीको आवश्यक पर्छ तर धेरै ठूलो सफलता पाउनको लागि राम्रो शत्रुको आवश्यक पर्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।