खोटाङका स्थानीय तहको बेरुजु ४१ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खोटाङका स्थानीय तहमा बेरुजु अत्यधिक देखिएको छ। १० स्थानीय तह रहेको जिल्लामा गत आर्थिक वर्ष २०७६\७७ गरिएको लेखा परीक्षणका क्रममा ४० करोड ९७ लाख ७६ हजार रुपैयाँभन्दा बढी बेरुजु देखिएको हो। 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा बढी जन्तेढुंगा गाउँपालिकाको ७ करोड ८८ लाख ५८ हजार रुपैयाँ बेरुजु देखिएको छ। 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा कम रावाबेँसी गाउँपालिकामा १ करोड ७८ लाख ५४ हजार रुपैयाँमात्र बेरुजु देखिएको छ।

यसैगरी केपिलासगढीमा छ करोड ३५ लाख ६४ हजार, साकेलामा चार करोड १३ लाख ३८ हजार, बराहपोखरीमा चार करोड दश लाख नौ हजार, ऐसेलुखर्कमा तीन करोड ५७ लाख ४२ हजार रुपैयाँ बेरुजु रहेको छ। 

खोटेहाङमा ३ करोड दुई लाख तीन हजार र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २ करोड ९३ लाख ५३ हजार रुपैयाँ बेरुजु देखिएको छ।

यसैगरी हलेसी तुवाचुङमा ४ करोड २९ लाख ९२ हजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ करोड ४५ लाख ६५ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ।

विनियोजित बजेटका आधारमा प्रतिशतलाई हेर्ने हो भने जिल्लाका ती स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढीमा सबैभन्दा थोरै बेरुजु भएको देखिएको छ।

जिल्लाका स्थानीय तहमा देखिएको बेरुजुमा सबैभन्दा बढी प्रक्रिया नपुगेको, असुलउपर गर्नुपर्ने र सैद्धान्तिक बेरुजु देखिएको महालेखाले जनाएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।