महालेखा नियन्त्रकमा सुमनराज अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सरकारले महालेखा नियन्त्रकको जिम्मेवारीमा सुमनराज अर्याललाई ल्याएको छ। यसअघिका महालेखा नियन्त्रक मधु मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिएपछि अर्याललाई महालेखा नियन्त्रकको जिम्मेवारीमा ल्याइएको हो ।

अर्याललाई प्रदेश १ को प्रमुख सचिवबाट महालेखामा ल्याइएको हो । तथ्यांकशास्त्री अर्यालले त्यसअघि योजना आयोगमा सहसचिव, सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिव, केन्द्रीय तथ्या‌ङ्क विभागको महानिर्देशकका रुपमा समेत काम गरिसकेका छन् ।

महालेखाले सरकारको आयव्ययलाई हेर्ने, राज्य कोषको तथ्यांक राख्ने गर्दछ । अर्थमन्त्रालयअन्तर्गत तेस्रो वरीयताको सचिवका रुपमा महालेखा नियन्त्रक रहने गर्दछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।