काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिद गरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गर्ने भएको छ ।
राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले यस्ताे व्यवस्था गरेकाे हाे । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले ऋणी आफैँ स्वरोजगार हुनेगरी सवारीसाधन खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको ऋणलाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था गरेकाे बताए ।
बैंकहरुले विपन्न वर्ग कर्जा ५ प्रतिशत व्याजदरमा प्रवाह गर्दै आएको छ ।
Comment