उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा लम्बियो, बेलुकी ८ बजेपछि गाडी चलाउन नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइने भएको छ ।

बिहीबारदेखि लागू हुने गरी उपत्यकामा बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

मंगलबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि अत्यावश्यक सेवाका सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढ्दै गएसँगै रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । निजी तथा सार्वजनिक सवारीसाधन संचालनमा रोक लगाइए पनि अत्यावश्यक सवारीसाधन भने जुनसुकै बेला पनि संचालन गर्न पाइने जनाइएको छ ।

यस्तै, बैठकले हाल कायम निषेधाज्ञा भदौ ८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।