अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले महालेखा नियन्त्रक मधु कुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरेको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थ सचिवको जिम्मेवारी दिएका हुन्।

अर्थ सचिव शिशिर ढुंगाना भने प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। ढुंगाना राजन खनाल सेवा निवृत्त बनेसँगै अर्थसचिव बनेका थिए । ढुंगानाले सरुवाको पत्र समेत बुझिसकेका छन्

गत साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थसचिवको जिम्मेवारीमा ल्याउने र ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।