सिटिजन्स बैंकको वितरणयोग्य मुनाफा ९१.५७ प्रतिशतले बढ्यो,प्रतिसेयर आम्दानी कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकका सार्वजनिक विवरण अनुसार यो अवधिमा ३३।४० प्रतिशतले नाफा बढाएर १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १९ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा बैंकको नाफामा सुधार भएको होे ।

समीक्षा अवधिमा बैंकको खुद नाफा २५ प्रतिशतले बढेर ३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यस्तै, संचालन मुनाफा ४३.६६ प्रतिशतले बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ रहेको छ। १२ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ९ करोड ८९ लाख रुपैयाँ संचित रहेको छ ।

असार मसान्तसम्ममा बैंकले १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८८ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १३.१९ रुपैयाँबाट बढेर १५.३८ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४८.४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.१० गुणा, आधार दर ७.५५ प्रतिशत, सीसीडी अनुपात ७७.४२ प्रतिशत र खराब कर्जा २.७७ प्रतिशत रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।