पाँच प्रतिशतले बढ्यो काठमाडौंका श्रमिकको ज्याला, कसको कति? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले श्रमिकहरूको ज्यालादर तोकेको छ।

काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीको अध्यक्षतामा असार २९ गते बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले मजदुरहरूको ज्याला पाँच प्रतिशत  वृद्धि गर्ने  निर्णय स्वीकृत गरेको हो।

निर्माण क्षेत्रमा काम गर्ने मजदुर ज्यामीहरूले दैनिक ७५० पाउँदै आएकोमा अब साउनदेखि दैनिक ७९० पाउनुपर्ने तोकिएको छ। 

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार काठमाडौंमा श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने अवधि ८ घण्टा लाई आधार मानी ०७७/७८ मा कायम गरिएको ज्याला दरमा नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकांकको मान तथा प्रचलित बजार दरलाई आधार मानी पाँच प्रतिशतले वृद्धि गरिएको छ।

यो ज्याला दर आव २०७८/७९ बाट लागू हुने प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। त्यस्तै विभिन्न निर्माण सामग्रीहरूकाे पनि मूल्य ताेकिएकाे छ।

 हेर्नुहाेस् सूची


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।