काठमाडौं । बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ ।
भारतीय समयानुसार बुधबार बिहान साढे सात बजे मुम्बईको खार हिंदुजा अस्पतालमा ९८ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले ८ पटक ‘बेस्ट एक्टर’ का रूपमा फिल्मफेयर अवार्ड पाएका थिए ।
यस्तै हिन्दी सिनेमामा सबैभन्दा ठूलो सम्मान मानिने ‘दादा साहेब फाल्के अवार्ड’ बाट पनि उनलाई सम्मानित गरिएको थियो ।
सन २०१५ मा भारत सरकारले उनलाई पद्म भूषण पनि दिएको थियो ।
Comment