भण्डारी मृत्‍यु प्रकरण : दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन अनेरास्‍ववियूको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अनेरास्ववियू(क्रान्तिकारी)ले चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको मृत्यु प्रकरणको सत्य–तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

मंगलबार एक विज्ञप्तिमार्फत पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्न समेत माग गरिएको छ । 

अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण जगुरेलले विज्ञप्ती जारी गर्दै आगामी दिनमा महिलाहरूमाथि हुने अपहरण, बलात्कार, हत्यालगायत कुनै पनि घटना देशैभर हुन नदिन सरकार र सम्बन्धित निकायसँग माग पनि गरिएको छ। ९ दिनअघि घरबाट निस्किएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया भण्डारीको शव आइतबार दिउँसो ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा भेटिएको थियो । 

यस्तै अनेरास्ववियू क्रान्तिकारीले प्यारागन स्कुलले मनपरि ढंगले शुल्क उठाइरहेको विषयमा सरकारका ध्यानाकर्षण गराएको छ । कोभिड संक्रमणको जोखिमका कारण विद्यालय बन्द भएपनि प्यारागनले मनपरी ढंगले शुल्क वृद्धि गरेको भन्दै अनेरास्ववियू क्रान्तिकारीले ध्यानाकर्षण गराएको हो । शुल्क वृद्धिको विषयमा छलफल गर्न पुगेका अभिभावकहरुमाथि आक्रमण र पत्रकारहरुमाथि दुर्व्यवहार गरेको घटनाको भत्र्सना समेत अनेरास्ववियू क्रान्तिकारी लेगरेको हो । 

विज्ञप्तीमा भनिएको छ, ‘असार २१ गते काठमाडौंको तिलगङ्गास्थित प्यारागन स्कुलमा मनपरी ढङ्गले शुल्क वृद्धि गरेको विषयलाई लिएर छलफलका लागि पुगेका अभिभावकहरुमाथि स्कुल प्रशासनले आक्रमण गरेको र सञ्चारकर्मीहरुलाई समेत दुव्र्यवहार र क्यामेरा तोडफोड गरेको घटनाप्रति हाम्रो सङ्गठन घोर निन्दा एवम् भत्सर्ना गर्दछ । अभिभावकहरुले गरेको साहसपूर्ण कदमलाई सम्मान गर्दै हार्दिक धन्यवाद दिन चाहन्छौं ।’

घटनाको सत्य–तथ्य छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाहीको लागि सरकारलाई आग्रह सेमत गरिएको छ । 

विद्यार्थी संगठनले दोषीलाई कारवाही नभए शैक्षिक माफिया र दलालहरुलाई आफुहरुले नै कारवाही गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ । 

देशैभरि भएका शैक्षिक संस्थाहरुमा विकृति, विसङ्गति एवम् मनोमानी ढङ्गले शुल्क वृद्धि गर्ने क्रियाकलापप्रति खबरदारी गर्दै सङ्घर्षमा उत्रनसमेत सम्पूर्ण विद्यार्थी, अभिभावकलगायत लाई अनेरास्ववियू क्रान्तिकारीले अपिल समेत गरेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।