काठमाडौं । रसुवामा निषेधाज्ञालाई निरन्तरता दिईएको छ।
आजदेखि आगामी असार ३१ गते सम्म रसुवाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाईने कुरा उल्लेख गरिएको छ।
औषधी तथा स्वास्थ्य सामाग्री, अन्य व्यवसाय, होटल तथा रेष्टुरेण्ट संचालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने आदेशमा उल्लेख छ। यसैगरी औषधि एंव स्वास्थ्य सामाग्रीका पसलहरु जुनसुकै समयमा निर्वाध रुपमा संचालन गर्न पाईने जनाईएको छ।
Comment