धादिङमा पहिराले ४ वटा ट्रक पुरियो, दुईको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ । धादिङ पहिरोले सडकमा गुडिरहेका ४ वटा ट्रक पुरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१० भएको घटनामा २ जनाको मृत्यु सुमेत भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार पहिरोमा पुरिनेमा ना ८ ख ४५४० ट्रक  र ना ७ ख ३२० नम्बरको कन्टेनर रहेको छ । अन्य २ सवारीको नम्बर खुलेको छैन । 

उल्लेखित नम्बरका ट्रक र कन्टेनरमा सवार एक–एक जनाको मृत्यु भएको छ । 

ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवन राप्ती नगरपालिका–६ बस्ने  १८ वर्षीय वीरबल चेपाङको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् । त्यसैगरी  ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार ४३ वर्षीया सोनी देवीको मृत्यु भएको छ । उनी भारतीय रहको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार चेपाङको घटनास्थलमै र सोनीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसै घटनामा परी घाइते हुने ३ जनाको पोखरामै उपचार भइरहेको छ । 

पहिरो नरोकिएका कारण पुरिएका सवारीको खोजी गर्न नसकिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।