कृषि विकास बैंकद्वारा एनआईबीएल एस क्यापिटल ‘कृषि ऋणपत्र’ डिबेञ्चर रजिष्ट्रार नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ऋणपत्र रजिष्ट्रार नियुक्त गरेकाे छ ।

बैंककाे ऋणपत्र रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हाे ।  बैंकले “७ वर्षे ६ अर्ब कृषि ऋणपत्र” का लागि एनआईबिएल एस क्यापिटललाई  डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको हाे ।

कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरेको जनाएको छ।

सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तीय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

अब उप्रान्त बैंककाे ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत हुनेछ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।