उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थप, सार्वजनिक सवारी जोरबिजोरमा चल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ।

यससँगै भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। बैठकले भोलिदेखि २५ सीट क्षमताभन्दा ठूला सार्वजनिक गाडीहरु जोरबिजोरका आधारमा चल्न दिने निर्णय गरेको हो ।

हाललाई २५ सीटभन्दा कम क्षमताका माइक्रोबस, ट्याम्पु लगायत सार्वजनिक सवारीसाधन भने चलाउन रोक लगाइएको छ । उपत्यकामा गतसातादेखि नै ट्याक्सी तथा निजी गाडी भने जोरबिजोर प्रणालीमा संचालन भइसकेका छन् ।

सरकारले असार १७ गतेबाट आन्तरिक उडान खुला गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीले पनि गाडी चलाउन पाउनुपर्ने माग गरेका थिए ।

कोभिड–१९ नियन्त्रणका लागि १६ वैशाखदेखि काठमाडौंमा निषेधाज्ञा जारी छ। पछिल्लो समय थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ ।

भोलिदेखि सात दिन अर्थात् २१ असारसम्म निषेधाज्ञा थपिएको हो। अब झन् खुकुलो पारिने भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।