काठमाडौंमा निषेधाज्ञा थपिने, सार्वजनिक यातायातबारे आज निर्णय हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकाकामा जोर-विजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो लागेन।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले एक्ट प्रो नेपाल सँग भने,“सार्वजनिक यातायात लगायतका विषयमा सरसल्लाह गर्नुपर्ने भएकाले सोमबार बिहान ९ बजे पुनः बैठक बसेर निर्णय हुन्छ।”

हिजो बसेको बैठकले कुनै निर्णय गर्न नसकेकाले आज फेरि बैठक बस्ने भएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको भएपनि उपत्यकाको ३ वटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने उनले बताए ।

निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एकरडेढ हप्ता खोल्ननहुने सुझावहरु आएको उनले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।