जनगणना साउन २६ देखि गर्ने तयारीमा केन्द्रीय तथ्यांक विभाग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय जनगणना आगामि साउन २६ देखि असोज ८ गतेभित्रमा सम्पन्न गर्न गृहकार्य सुरु गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

कोरोना संक्रमणको जोखिम केहि कम हुँदै गएसँगै जनगणना सुरु गर्ने गरी तयारी भइरहेको केन्द्रीय तथ्यांक विभाग जनसंख्या शाखाका निर्देशक ढुन्डिराज लामिछानेले जानकारी दिए ।

यस वर्षको १२ औं जनगणना वैशाख २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भइरहेको थियो । तर कोभिड १९ को बढ्दो संक्रमणको कारण असहज परिस्थिति उत्पन्न भएकाले गत बैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले जनगणना अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।