काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भक्तपुरमा १८८ , काठमाडौंमा ८९७ र ललितपुरमा २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज देशभर ८ हजार ६ सय ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै १ सय १ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ६ सय ९९ जना रहेको छ ।
Comment