चाइनिज ताइपेविरुद्ध नेपालको सानदार जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलमा चाइनिज ताइपेविरुद्ध २-० को सानदार जित हात पारेको छ। 

कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए । 

पहिलो गोल विष्टले पेनाल्टीबाट चौथो मिनेटमै गरे । चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । 

नवयुग श्रेष्ठले खेलको ८१ औं मिनेटमा दोस्रो गोल थपे । यो जितपछि नेपालको अंक ६ पुगेको छ । यसपल्टको विश्वकप छनोटमा नेपालका यो दोस्रो जित हो । 

विश्वकप छनोटका बाँकी खेलमा नेपालले जोर्डन र अस्ट्रेलियासँग खेल्ने छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।