कोभिडको उपचारलाई रु. ३७ अर्ब ५३ करोड, सेण्ट्रल कमाण्डको व्यवस्था गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कोभिडको उपचारमा सेण्ट्रल कमाण्डको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।

मुलुकभरका सबै अस्पतालमा कोभिडको उपभारको व्यवस्था गर्ने कार्यमा सहजीकरण गर्नका लागि यस्तो व्यवस्था गरिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।

कोभिडको उपचार र नियन्त्रणका लागि रु. ३७ अर्ब ५३ करोड बजेट व्यवस्था गरिएको छ ।

स्वास्थ्यकर्मी, कर्मचारी, सफाइ कर्मचारी र सुरक्षाकर्मीका लागि व्यवस्था गरिएको प्रोत्साहन भत्ता महामारीको जोखिम कायम रहँदासम्म प्रदान गरिने पनि पौडेलले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।