कुवेतमा जुन १ देखि सिधै घाम पर्ने ठाउँमा काम गर्न रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुवेत सरकारले श्रमिकलाई दिउँसो बाहिर खुल्ला ठाउँमा काम गर्न रोक लगाउने भएको छ ।

अत्यधिक तापक्रमबाट श्रमिकलाई बचाउन भन्दै आउँदो जुन १ देखि कुवेतले दिउँसोको समयमा सिधै घाम पर्ने खुल्ला ठाउँहरूमा काम गर्न रोक लगाउने निर्णय गरेको हो ।

यो नियम आउँदो अगस्टको अत्यसम्म लागू हुनेछ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला ठाउँमा काम गर्न पाइनेछैन । कुवेतको यो निर्णयले खुल्ला ठाउँमा काम गर्ने श्रमिकहरूलाई फाइदा पुग्नेछ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।