विद्युतीय कारोबारमा वृद्धि,चैतमा मात्रै एटीएमबाट झिकियो ७० अर्ब ६० करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र सङ्ख्या दुवै बढेको देखिएको छ ।

विद्युती भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भूक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएकोे  हो ।

कोरोना संक्रमणको त्रास बढेसँगैपछि फिजिकल भन्दा डिजिटल बैंकिङ कारोबार बढेको हो ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कनेक्ट आईपीएस मार्फत गएको चैत महिनामा मात्रै १ खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ कारोबार भएको छ ।

फागुन महिनामा कनेक्ट आईपीएसमार्फत १ खर्ब १० अर्ब रुपैयाँ मात्रै कारोबार भएको थियो ।

चैत महिनामा मोबाइल बैंकिङका एक करोड १० लाख वटा कारोबारमार्फत ४८ अर्ब ६५ करोड रुपैयाँ कारोबार भएको छ ।

यो अघिल्लो महिना भन्दा १० अर्ब रुपैयाँले धरै हो । चैत महिनामै इन्टरनेट बैंकिङमार्फत तीन लाख तीन हजार वटा कारोबार हुँदा १० अर्ब २ करोड रुपैयाँ कारोबार भएको छ ।

फागुन महिनामा आठ अर्ब ८८ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो । चैत महिनामा एटीएम मेसिनबाट ७० अर्ब ६० करोड रुपैयाँ नगद झिकिएको राष्ट्र बैंकले जनाएको छ । उक्त रकम फागुन महिनाको भन्दा १० ले बढी हो ।

यस्तै क्यूआर कोडमार्फत दुई अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।