उपत्यकाका तीन सीडीओहरुको बैठक बस्दै, कोरोना नियन्त्रणबारे थप निर्णय हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलवार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बसिरहेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जारी बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी छन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई भने कोरोना संक्रमण पुष्टि भएको छ।

निरौला सोमबारको बैठकमा भने सहभागी थिए।

यसअघि जारी गरेको निषेधाज्ञा आदेश सकिन एक दिन मात्रै बाँकी रहेकाले त्यसको समीक्षा गर्दै थपकडाई गर्ने गरी निषेधाज्ञा थपबारे निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

अहिले सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था पनि सञ्चालनमा छन्। खाद्य पसल पनि साँझ बिहान सञ्चालन गर्न दिइएको छ।

तर अब यी सँगै हिडडुलमा पनि कडाइ गर्ने प्रमुख जिल्ला अधिकारीको तयारी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।