मौसम पूर्वानुमान : मेघ गर्जनसहित वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।

अहिले प्रदेश २ र प्रदेश १ मा सामान्यदेखि पूर्ण बदली रहेको । देशका अरु क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश २ र प्रदेश १ का केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भएको छ ।मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली हुनेछ ।

प्रदेश २, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै राति पहाडी भू-भागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।