पशुपतिनाथमा नित्य पूजा मात्रै, सर्वसाधारणले प्रवेश गर्न नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पशुपति नाथ मन्दिरमा सर्वसाधारणले गर्ने पूजा र दर्शनमा रोक लगाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै बैशाख १० गतेदेखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा सर्वसाधारणले गर्ने पूजा र दर्शनमा रोक लगाएको हो ।

नेपाल सरकारले जारी गरेको आदेशानुसार शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने सूचनामा उल्लेख गरिएको छ ।

गत वर्षपनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।