एसएलसीको प्रमाणपत्र किर्ते गरेका चिकित्सक सिआईबीको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली डाक्टरहरुलाई पक्राउ गरेको छ। केही दिनदेखिको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेको सीआईबीले जनाएको छ।

पश्चिम रुकुमको चौरजहारी अस्पतालमा कार्यरत डाक्टर दीपेन्द्र गौतम पक्राउ परेको सीआईबी स्रोतले जानकारी दियो। एसएलसीकै शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा गौतम पक्राउ परेका हुन्।

गौतमसँगै अन्य चिकित्सकलाई समेत पक्राउ गरिएको सीआईबीले जनाएको छ। पक्राउ परेका नक्कली डाक्टरहरुलाई सिआइबीले दिउँसो ३ बजे सार्वजनिक गर्दैछ।

यसअघि पनि अप्रेसन क्वाक चलाएर एक सय भन्दा धेरै चिकित्सकलाई पक्राउ गरी सिआईबीले  मुद्दा चलाएको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।