काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएसँगै फेरि काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिएको छ । अब उपत्यका प्रवेश गर्नेले अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ ।

आइतबार बसेको काठमाडौं जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो ।

अब काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्नेछ ।

साथै उक्त एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ । परीक्षण गर्दा नेगेटिभ देखिए पनि शंकास्पद कोरोनाका लक्षण देखिएमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ ।

यस्तै समितिले सबै नगरपालिकाहरुमा सञ्‍चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ–आफ्नो नगरपालिका भित्र एक/एक वटा आइशोलेसन र क्वारेन्टाइनको व्‍यवस्थापन गर्न पनि आग्रह गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।