एसेन्सियोको गोलमा रियलको जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले जित निकालेको छ।

रियलको मैदान अल्फ्रेदो डी स्टेफानो रंगशालामा भएको खेलमा उसले पाहुना टिम आइबरलाई २–० गोलले हराएको हो।

रियलको जितका लागि मार्को एसेन्सियो र करिम बेञ्जेमाले समान १–१ गोल गरे। खेलको ४१ औं मिनेटमा कासिमेरोले दिएको पासको सदुपयोग गर्दै एसेन्सियोले गोल गरेका थिए।

त्यस्तै ७३ औं मिनेटमा भिनिसियस जुनियरले दिएको पासको सदुपयोग गर्दै बेञ्जेमाले अग्रतालाई दोब्बर बनाए।

यससँगै रियलले खेल जित्यो। यो जितसँगै उसले शीर्षस्थानको एथ्लेटिकोसँग अंक दूरी घटाएको छ। 

रियलको ६३ अंक छ भने एथ्लेटिको रियलभन्दा दुई अंकले अघि छ। तेस्रो स्थानको बार्सिलोनाको ६२ अंक छ। गएराति पराजित आइबर भने रेलिगेसन जोनमा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।