अग्नि ग्रुपको सर्भिस सेन्टर भक्तपुरको सूर्यविनायकमा, सुविधाजनक र किफायती सेवा दिइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सर्भिस सेन्टर भक्तपुरको सूर्यविनायकमा खुलेको छ । 

अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले सूर्यविनायक–१०, भक्तपुरमा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारीक सर्भिस सेन्टर स्थापना गरेको हो । 

सेवा केन्द्र ‘भक्तपुर मोटो टेक’ त्यस क्षेत्रका लागि बालाजु अटोवक्र्सको अधिकृत सुसज्जित डिलर भएको कम्पनीको दावी छ ।

यही चैत्र १३ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, बालाजु अटो वक्र्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, भक्तपुर मोटो टेकका प्रबन्ध निर्देशक प्रयास बुढाथोकी, सूर्यविनायक नगरपालिकाका मेयर वासु थापा, नेपाली नायिका अदिती बुढाथोकी र जगाती परिसरका डिएसपी राजेश थापाले संयुक्त रूपमा उक्त सर्भिस सेन्टरको उदघाटन गरे । 

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ “यो सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य भक्तपुर र यसका वरपरको क्षेत्रका ग्राहकहरूलार्ई सुविधाजनक र किफायती सेवा पु-याएर उहाँहरूलाई कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ पु¥याउने उद्देश्य रहेकोे छ ।” 

बालाजु अटो वक्र्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माक अनुसार सबै महिन्द्रा सर्भिसिङ केन्द्रहरूमा ग्राहकहरुलाई अधिकतम् सन्तुष्टि दिनका लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्नमा कम्पनी बढी केन्द्रित रहँदै आएको छ ।

यो सर्भिस सेन्टरले आफ्ना ग्राहकहरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थारलगातका सबै उत्पादन श्रृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउनमा समर्पित हुनेछ ।

भक्तपुर मोटो टेकका प्रबन्ध निर्देशक प्रयास बुढाथोकीका अनुसार कम्पनीको प्रमुख उद्देश्य महिन्द्राको सवारी साधनका लागि सर्भिसिङ र सक्कली स्पेयर पार्ट्स प्रदान गर्नु हो ।  यो सर्भिसिङ सेन्टरले महिन्द्रा सवारी साधनका ग्राहकको आफ्नै मूल स्थानमा गुणस्तरीय सेवा सुविधा पु¥याउने बताइएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।