रौतहट रौतहटमा आज एक जनाको शव फेला परेको छ ।
जिल्लाको यमुनामाई गाउँपालिका वडा नम्बर ५ झुन्खुन्वा र मोतीपुरको पश्चिमतर्फ रहेको सुन्दर साहको खेतमा आज बिहान करिब १०ः१५ बजेतिर एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
मृत अवस्थामा फेला परेकी अन्दाजी २४ वर्षीया महिलाको पहिचान हाल खुल्न नसकेको रौतहट प्रहरीले जानकारी दिएको छ । ।
प्रहरीका अनुसार भुसको आगोमा आधा जलेको अवस्थामा महिलाको शवलाई फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Comment