नुवाकोटमा १३ वर्षिया बालिका बलात्कृत, चारजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । तेह्र वार्षिया एक बालिकालाई बलात्कार गरेको आरोपमा नुवाकोटमा चारजना युवक पक्राउ परेका छन्। 

बिदुर नगरपालिका १० को महविरमा १३ वर्षिय बालिका बलात्कृत भएकी हुन ।

बलात्कृत हुनेमा महविरको १३ वर्षकी माईली तामाङ (नाम परिर्वतन) रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

उनलाई गाउँकै ४ जना किशोरहरुले बलात्कार गरेको स्थानियले बताएका छन् । पक्राउ पर्नेमा चारै जना १३ देखि १५ वर्षसम्मका तामाङ समुदायका युवाहरु रहेका छन् । 

शनिवार राती १२ बजे माईलीकै घरमा पुगेर युवाहरुले बलात्कार गरेको स्थानियले बताएका छन् । 

घटना लगत्तै बालिकालाई त्रिशुली अस्पताल कोलनी लगिएको थियो । उपचारपछि उनी सेफ हाउसमा बसीरहेको नुवाकोटका प्रहरीले जनाएको छ  । 

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।