७८ हजार मास्कसहित ८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना महामारी विश्वव्यापी फैलिएको बेला मास्क कालोबजारी गर्ने ८ जनालाई प्रहरीले  पक्राउ गरेको छ। 

काठमाडौं प्रहरी परिसरको टोलीले डल्लुबाट ८ जनालाई मास्कसहित शनिबार पक्राउ गरेको हो। पाँच रुपैयाँ मूल्य पर्ने सर्जिकल मास्कलाई ३५ रुपैयाँमा विक्री गरिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको हो । उनीहरुको गोदाममा छापा मार्दा प्रहरीले ७९ हजार थान मास्क बरामद गरेको हो ।

स्वयम्भू स्थित हरिकृष्ण डंगोल र आनन्दकाजी शाक्यको घरमा छापा मार्दा सो परिणामको मास्क फेला परेको हो । 

पक्राउ पर्नेमा काभ्रेका मिन्टु तामाङ, निशान तामाङ र मानकाजी लामा, रामेछापका अनिश कार्की, बाजुराका थुमराज उपाध्याय र नृप कार्की, काठमाडौंका उज्ज्वल अधिकारी तथा रामेछापका शिव खड्का छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।