एक सातामै दुई पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

मंगलबार राती १२ बजेदेखि  लागू हुने गरी पेट्रोल, डिजेलरमट्टितेल तथा हवाई ईन्धन आन्तरिकतर्फको मूल्यमा प्रति लिटर दुई रुपैयाँले बढाएको हो । 

मूल्य बढेपछि  पेट्रोल  ११४, डिजेल/ मट्टितेल ९७ तथा हवाई ईन्धनको आन्तरिकतर्फको नयाँ खुद्रा विक्रि मूल्य  ६७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ति प्रकाशित गरेर जानकारी दिएका छन् ।

यसअघि निगमले पेट्रेलियम पदार्थको मूल्य माघ २८ गते पनि बढाएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।