लामाद्वारा सोनाम ल्होसार’ र ‘ग्याल्बो ल्होसार’को शुभकामना ब्याक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । बाग्मती प्रदेशका सांसद प्रभात लामाले तामाङ जातिकोे ‘सोनाम ल्होसार’ तथा शेर्पा जातिको ‘ग्याल्बो ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। 

उनले आज एक शुभकामना सन्देशमार्फत तामाङ जातिकोे ‘सोनाम ल्होसार’ तथा शेर्पा जातिको ‘ग्याल्बो ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा बिश्वभरी रहनुभएका तामाङ तथा शेर्पा साथै सबै नेपाली आमा बुवा दाजुभाई दिदिबहिनीहरुमा सुख शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आउदो दिनमा सबैका अपुरा अधुरा कार्यहरुमा सफलता मिलोस भन्ने कामना समेत व्यक्त  गरेका छन। 

यी पर्वहरुले नेपाली समाजमा सद्भावना बढाउँदै आएको र मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै कोरोना महामारीका कारण सामुहिक रुपमा उपस्थित भएर शुभकामना साटासाट गरि मनाउन असमर्थ भएतापनि जो जहाँ छौ त्यही बसी सामाजिक दुरी कायम गर्दै सभ्य तथा भब्य रुपमा खुशी साथ मनाउन समेत आग्रह गरेका छन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।