काठमाडौं । विश्व हिन्दु युवा संघका प्रवक्ता अनुराग शाहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका स्थाई कमिटि सदस्य रघुजी पन्तलाई सामाजिक बहिष्कार गर्न सबै नेपालीहरुलाई अपिल गरेका छन।
प्रवक्ता शाहले सामाजिक संजाल फेशबुक मार्फत स्टार्टस राख्दै यस्तो अपिल गरेका हुन।
प्रवक्ता शाहले सामाजिक संजालामा भनेका छन ‘अरबौ हिन्दुहरुको पबित्र धार्मिक स्थल पसुपतिनाथ माथि प्रहार गरेर आफु हिरो बन्न खोज्ने (र) गु जिहरुलाई हाम्रो समाजमा कुनै स्थान छैन। बहिष्कार गरौं ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै रघुजी पन्तले प्रधानमन्त्री केपि ओलिको पशुपतिनाथको पुजा आजा माथि टिका टिप्पणी गर्दै पशुपतिनाथले राजा वीरेन्द्रदेखि आजसम्म कसैको रक्षा गर्न नसकेको भन्दै ब्याङ्गे गरेपछि उनको त्यो अभिव्यक्तिको अहिले सर्वत्र आलोचना भैरहेको छ।
Comment