साढे १० लाख चोरी आरोपमा नाबालक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत-सुर्खेतमा एक नाबालकले साढे दश लाख रुपैयाँ चोरी गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–६ खोक्रेलाईनका नन्दराम भण्डारीको घरबाट बालकले १० लाख ५० हजार रुपैयाँ चोरेका हुन्।

घरमा कोही नभएको अवस्थामा घरको पछाडिको ढोकाबाट भित्र पसेर दराजको लक फोडेर १० लाख ५० हजार रुपैयाँ चोरी भएको जाहेरीका आधारमा नाबालकलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिए।

१ लाख २० हजार रुयैयाँ सहित पक्राउ परेका ति नाबालकको नाम भने गोप्य राखिएको छ। प्रहरीका अनुसार चोरीमा अन्य बालबालिका पनि संलग्न रहेको हुने सक्ने जनाएको छ। बालकले प्रहरीसँग चोरी गरेको पैसामध्ये आफूले ३ लाख रुपैयाँ मात्रै लिएको जनाएका छन्।

चोरीमा संलग्न अन्य बालबालिकाको खोजी भइरहेको डीएसपी रावलले जनाए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।