पृथ्वी जयन्तीमा राप्रपाको चियापान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले सधैंको वर्ष झैं यसपटक पनि पौष २७ गते चियापान समारोहको आयोजना गरेको हो ।

दिवसको अवसरमा उक्त पार्टीले दिउँसो १ बजे थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमलाई पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले सम्बोधन गर्ने छन्।

पार्टीको केन्द्रीय सचिवालय प्रमुख ध्रवबहादुर प्रधानले चियापान अगाडि साढे ११ बजे भद्रकालीबाट पार्टीले र्‍याली पनि निकाल्ने छ। 

त्यसपछि भने पृथ्वीनारायण शाहको सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गरिने कार्यक्रम रहेको प्रधानले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।