काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अन्तिम स्वीकृति प्राप्त गरेको छ ।
सेबोनले कम्पनीलाई २०८३ कात्तिक १९ गते विवरणपत्र प्रकाशन तथा साधारण सेयर निष्कासनका लागि अनुमति दिएको हो ।
बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १७ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यसअनुसार कम्पनीले १७ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ ।
सेबोनबाट अनुमति प्राप्त गरेसँगै कम्पनीले अब आईपीओ निष्कासनको मिति तय गरी सेयर बिक्री प्रक्रिया अघि बढाउनेछ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र त्यसपछि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिनेछ ।
यससँगै कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड पनि सर्वसाधारणका लागि सेयर जारी गर्ने कम्पनीहरूको सूचीमा थपिएको छ ।




Comment