सलिना केसीद्वारा कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सलिना केसीले पार्टीको १५औँ महाधिवेशनमा बागमती प्रदेश युवामहिला (३५ वर्षमुनि) तर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

मंगलबार राजधानीस्थित राष्ट्रिय सभागृहमा पुगेर केसीले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै उनले केन्द्रीय सदस्य पदमा दाबी प्रस्तुत गरेकी हुन्।

उम्मेदवारी घोषणा गर्दै केसीले बागमती प्रदेशका युवामहिला प्रतिनिधित्वलाई सशक्त बनाउने, पार्टीभित्र युवा तथा महिलाको सहभागिता बढाउने र संगठनलाई थप गतिशील बनाउने आफ्नो प्रतिबद्धता रहेको बताएकी छन्।

कांग्रेसकी सक्रिय नेतृका रूपमा परिचित केसी लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएकी छन्। उनले पार्टी संगठन सुदृढीकरण, युवा नेतृत्व विकास तथा समावेशी प्रतिनिधित्वका मुद्दामा निरन्तर काम गर्दै आएकी छन्।

कांग्रेसको १५औँ महाधिवेशनले आगामी नेतृत्व चयन गर्ने भएकाले यसपटकको निर्वाचनलाई पार्टीभित्र विशेष महत्वका साथ हेरिएको छ। केसीको उम्मेदवारीले बागमती प्रदेश युवामहिला समूहमा प्रतिस्पर्धालाई थप रोचक बनाएको राजनीतिक वृत्तमा चर्चा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।