कुमारी बैंकले बोलायो साधारण सभा, नगद लाभांश अनुमोदन गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुमारी बैंकले असोज २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले आगामी असोज २८ गते साधारणसभा बोलाउने निर्णय गरेको हो ।

उक्त साधारण सभाले चुक्ता पुँजीको २.१०५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने बैंकको प्रस्तावलाई अनुमोदन गर्नेछ । बैंकको हाल चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ छ ।

एनसीसी बैंकसँग मर्जर भएपछि बैंकले लगातार तीन वर्ष लाभांश वितरण गर्न सकेको थिएन । चौथो वर्षमा भने बैंकले लाभांश वितरण गर्न लागेको हो ।

यस्तै साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, आव २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।