विष्णु माझीको ‘घरबार’ बन्यो यस वर्ष धेरै हेरिने तीज गीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रख्यात लोक तथा तीज गायिका विष्णु माझीको नयाँ तीज गीत ‘घरबार’ यस वर्षको सर्वाधिक हेरिएको तीज गीत बनेको छ।

सार्वजनिक भएको १३ दिनमै ‘घरबार’ ले गायिका एलिना चौहानको चर्चित गीत ‘नौरती फुली’ लाई उछिन्दै सबैभन्दा धेरै हेरिएको तीज गीतको रेकर्ड कायम गरेको हो।

साउन १ गते सार्वजनिक भएको ‘नौरती फुली’ लामो समयसम्म भ्युजका आधारमा अग्रस्थानमा रहेको थियो। तीजको अघिल्लो दिन एक करोड भ्युज पार गर्दै यो गीत यस वर्ष करोड क्लबमा प्रवेश गर्ने पहिलो तीज गीतसमेत बनेको थियो।

मंगलबार साँझसम्म ‘घरबार’ ले युट्युबमा एक करोड १७ लाख ५० हजारभन्दा बढी भ्युज प्राप्त गरेको छ। यो संख्या ‘नौरती फुली’ को भ्युजभन्दा करिब ४२ हजारले बढी रहेको छ।

‘घरबार’ विष्णु माझीको चर्चित तीज गीति एल्बम ‘पुतलीको भट्टी–२२’ मा समावेश गरिएको गीत हो। गीतले विवाहित महिलाको पीडा, संघर्ष र भावनात्मक अवस्थालाई प्रस्तुत गरेको छ, जसले दर्शक तथा श्रोतामाझ विशेष लोकप्रियता हासिल गरेको छ।

गीतमा विष्णु माझीको स्वर रहेको छ भने शब्द र संगीत उनका श्रीमान् सुन्दरमणि अधिकारीले सिर्जना गरेका हुन्। गीतको भिडियोमा सुन्दरमणि अधिकारी र ललिता पौडेलको अभिनय देख्न सकिन्छ।

सुन्दरमणि अधिकारीकै निर्देशनमा तयार भएको भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। गीतले छोटो समयमै उल्लेखनीय दर्शक प्रतिक्रिया प्राप्त गर्दै यस वर्षको तीज संगीत बजारमा नयाँ कीर्तिमान कायम गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।