काठमाडौं । गत भदौ १० गते आएको भोटेकोशी भीषण बाढीपछि उद्धार र राहतका लागि सहयोज जुटिरहेको अवस्थमा नेपाली कांग्रेसले एक करोड सहयोग गरेको छ ।
रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा।स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । उक्त प्रतिनिधि मण्डलमा महामन्त्री पौडेलसँगै कोषाध्यक्ष उमेश श्रेष्ठ र रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यसहितका नेताहरू थिए ।
रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले संकटको अवस्थामा कांग्रेस सम्पूर्ण बाढी पीडित नागरिकको साथमा रहेको बताए ।
बाढीका कारण सुरुङ मार्गलगायतका विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।




Comment