काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.८९ अंकले घटेर २५१३.४२ बिन्दुमा सीमित भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको शुक्रबार भने नेप्से १.०४ अंकले घटेको थियो । यस्तै, यसअघिका चार कारोबार दिन पनि नेप्से लगातार घटेको थियो ।
आज नेप्सेमा कुल ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत शुक्रबार भने नेप्सेमा कुल ३ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज खासगरी, निर्जीवन बिमा समुह सूचकमा ५.०३ प्रतिशत, जलविद्युत् समूह सूचक २.९४ प्रतिशत र होटल तथा पर्यटन समूहमा २.४४ प्रतिशतको संकुचन आएको छ जसले गर्दा नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।
रसुवा बाढीका कारण जलविद्युत् कम्पनी, सवारीसाधन र ठूलो रुपमा भौतिक संरचनामा क्षति पुगेको छ । जसले गर्दा निर्जीवन बिमासँगै जलविद्युत् र पर्यटन समूहको सूचकमा भारी गिरावट आएको हो ।





Comment