काठमाडौँ । डोमिनिक सोबोस्लाइले खेलको अन्तिम समयमा पेनाल्टीमा गोल गरेपछि प्रिमियर लिगमा लिभरपुल हारबाट जोगिएको छ।
सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युक्यासल युनाइटेडलाई लिभरपुलले नाटकीय रूपमा पेनाल्टीमा गोल गरेपछि टोली पहिलो खेलमै पराजित हुनबाट बचेको हो।
न्युक्यासल अन्तिम समयमा सम्हालिन नसक्दा जितको नजिक पुगेर पनि असफल भयो।
लिभरपुलले न्युक्यासललाई २–२ को बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो।
एन्थोनी इलाङ्गा र जो विलोकले समयमा नै गोल निकाल्दै न्युक्यासललाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा कोडी गाक्पोले लिभरपुलका लागि गोल फर्काएका थिए।
खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा लुइस हलले बक्स भित्र भिक्टर मुनोजलाई लडाएपछि लिभरपुरले पेनाल्टीको मौका पायो। जुन अवसरलाई सोबोस्लाइले खेर जान दिएनन् र लिभरपुलका लागि महत्वपुर्ण अंक खोस्न सफल भए।
गएराति नै भएको खेलमा ब्राइटन इन्ड होभ एल्बियनले एस्टोन भिल्लालाई ४–० ले हरायो। अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नमाउथलाई २–१ ले पाखा लगायो।





Comment