काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
स्मार्टसेलको धितो लिलामी सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
स्मार्ट टेलिकमको अनुमतिपत्र खारेज भएपछि सरकारी स्वामित्वमा आउनुपर्ने उपकरणहरू बैंकले गैरकानुनी रूपमा लिलाम गरी एनसेललाई बेचेको आरोपमा पाण्डेसहितलाई प्रतिवादी बनाइएको थियो । प्रहरीको सीआईबीले यस प्रकरणमा ४ अर्ब ६० करोड बिगो कायम गर्दै ठगी, संगठित अपराध र बैंकिङ कसुरमा मुद्दा दायर गरेको थियो । यसअघि वैशाख २९ मा पक्राउ परेका उनलाई सर्वोच्च अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।





Comment