काठमाडौं । नेपाल र भारतका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरू एउटै मञ्चमा सम्वाद गर्ने भएका छन् ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति सुम्निमा उदास, प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेका सभापति गगन थापा, अभिनेता राजेश हमाल, अभिनेत्री मनिषा कोइराला लगायत संवादमा सहभागी हुने बताइएको छ ।
कार्यक्रम काठमाडौंको याक एण्ड यति होटलमा आगामी भदौ ११ मा हुनेछ । भारतीय टेलिभिजन च्यानल एनडीटीभी वर्ल्डले यो विश्वव्यापी संवाद शृङ्खला सुरु गर्न लागेको हो ।
एनडीटीभी अनलाइनको समाचार अनुसार व्यापार तथा उद्योग क्षेत्रबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्ष एवं सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल पनि सहभागी हुनेछन् ।
खेल क्षेत्रबाट नेपालका पूर्वक्रिकेटर तथा क्यानका महासचिव पारस खड्काले नेपाली खेल क्षेत्रको दृष्टिकोण प्रस्तुत गर्नेछन् ।
यसैगरी भारतका तर्फबाट इन्डिया फाउन्डेसनका अध्यक्ष डा. राम माधव, विजय चौथाइवाले, भाजपाका राष्ट्रिय कार्यकारिणी सदस्य डा. विनय सहस्रबुद्धे, भाजपाको विदेश मामिला विभागका प्रमुख डा. विजय चौथाइवाले, पूर्वकेन्द्रीय मन्त्री तथा कांग्रेस नेता शशि थरुर, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायत संवादमा सहभागी हुने बताइएको छ ।





Comment