काठमाडौं । वैयक्तिक गोपनीयता हनन्को आरोपमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासले बिहीबार सो अनुमति दिएको हो ।
जनआस्था साप्ताहिकका सम्पादक समेत रहेका श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।
श्रेष्ठको पक्राउको विरोधमा विभिन्न पत्रकार सम्बद्ध संघसंस्थाहरूले तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन्।





Comment