कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि सुरु भएको बैठक आज अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्नेछ ।

आइतबारको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय तथा पार्टीका प्रस्तावित एजेन्डाबारे जानकारी गराएका थिए । महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई प्रमुख एजेन्डाका रूपमा अघि सारिएको छ । महाधिवेशन तयारीका क्रममा नियमावली र निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक तथा वितरण, महाधिवेशन तयारी समिति गठन, विधान मस्यौदा समिति गठनलगायत विषयमा छलफल हुने भएको छ ।

यस्तै प्रचारप्रसार, भोजन तथा आवास र मञ्च व्यवस्थापनलगायतका उपसमिति गठन तथा केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदनसम्बन्धी विषय पनि बैठकमा प्रस्तुत गरिएको छ ।

त्यसैगरी पछिल्लो समय तराई–मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत कांग्रेसले छलफल गर्ने भएको छ । सरकारका १०० दिनपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद् बाहिर कांग्रेसले निर्वाह गर्ने भूमिकाका विषयमा पनि बैठकमा छलफलको प्रस्ताव गरिएको छ ।

प्रदेश सरकारका सन्दर्भमा विकसित राजनीतिक परिस्थिति, सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, समसामयिक राजनीतिक विषय तथा भ्रातृ संस्थाहरूको विधानसम्बन्धी विषय पनि बैठकका एजेन्डामा छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।