काठमाडौं । सेयर बजारमा २१.१५ अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१५ अंकले घटेर २६६३.१८ बिन्दुमा कायम भएको हो ।
अघिल्लो कारोबार दिन सोमबार भने नेप्से १.२० अंकले घटेको थियो ।
आज नेप्सेमा कुल ४ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार भने नेप्सेमा कुल ५ अर्ब ५२ करोड माथिको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये ५८ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको घटेको छ । यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

Comment