दुर्गा प्रसाईंलाई थुनामा राख्न अदालतले गर्यो अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

प्रसाईंविरुद्ध म्याद थप्न अस्वीकार गर्दै जिल्ला अदालत भक्तपुरले उनलाई छाड्न आदेश दिएको छ ।

आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरी सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो । उनलाई थुनामा राख्न ७ दिनको म्याद मागिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।